पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती: पेट्रोलमा २० र ग्यासमा १०० रुपैयाँ घट्यो

छानबिन न्यूज
पाठक संख्या 42
1 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

१६ असार,बारा ।  मध्यपूर्वमा युद्धविरामको सहमतिसँगै अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य ओरालो लागेपछि नेपाल आयल निगम लिमिटेडले मंगलबार रातीदेखि नै लागू हुने गरी इन्धनको मूल्यमा भारी कटौती गरेको छ ।

निगमका अनुसार प्रतिलिटर पेट्रोलमा २० रुपैयाँ, डिजेल तथा मट्टितेलमा ३० रुपैयाँ र हवाई इन्धनमा ४० रुपैयाँले मूल्य घटाइएको छ ।

 खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १ सय रुपैयाँले कम गरिएको छ । यो समायोजनसँगै अब बजारमा नयाँ मूल्य कायम भई पेट्रोल प्रतिलिटर १ सय ९७ रुपैयाँ, डिजेल तथा मट्टितेल १ सय ९५ रुपैयाँ, आन्तरिक हवाई इन्धन २ सय २९ रुपैयाँ र एलपी ग्यास प्रतिसिलिण्डर २ हजार ६० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया
शेयर