होटलमा लुकाई राखेको पेस्तोल र म्यागजिनसहित दुई जना प्रहरी नियन्त्रणमा

छानबिन न्यूज
पाठक संख्या 42
1 Min Read
Oplus_16908288

१३ असार,बारा ।  धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापा चोकस्थित एक होटलबाट शनिबार पेस्तोल र गोलीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा धनुषाकै मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ का २० वर्षीय अमन यादव र हंसपुर नगरपालिका–६ का १८ वर्षीय सुधिर मुखिया रहेका छन्।

उनीहरूको साथबाट ‘इगल र्‍याप्टर’ लेखिएको काठको बडिसमेत जडान भएको एक थान पेस्तोल, ९ एमएम र ६.६५ एमएमको एक-एक थान गोली तथा एउटा म्यागजिन बरामद गरिएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई हाल हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ।

प्रतिक्रिया
शेयर