प्रेस स्वतन्त्रता र निजी सञ्चारमाध्यमको हकहितका लागि पत्रकार महासंघ बाराद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

छानबिन न्यूज
पाठक संख्या 64
1 Min Read

२५ जेठ,बारा ।  नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यक्रमअनुसार महासंघ बारा शाखाले विभेदकारी तथा स्वेच्छाचारी सरकारी निर्णयविरुद्ध संकलन गरिएको हस्ताक्षर जिल्ला प्रशासन कार्यालय बारामार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको छ।

महासंघ बाराका उपाध्यक्ष प्रियंका दासको नेतृत्वमा गएको टोलीले सरकारी विज्ञापन र सूचनाबाट निजी सञ्चारमाध्यमलाई वञ्चित गर्ने परिपत्र खारेज गर्न, प्रेस स्वतन्त्रताको संरक्षण गर्न, संविधान संशोधनका लागि सर्वपक्षीय कार्यदल गठन गर्न तथा नागरिकको निर्वाध सूचना उपभोगको हक सुनिश्चित गर्न माग गरेको हो।

यसैक्रममा महासंघले आफ्ना मागहरू सम्बोधन गराउन चरणबद्ध आन्दोलनलाई निरन्तरता दिँदै आगामी दिनमा हुने विरोधका कार्यक्रमहरूमा सम्पूर्ण सरोकारवाला, सञ्चारमाध्यम र श्रमजीवी पत्रकारहरूलाई सक्रिय सहभागिताका लागि आह्वान समेत गरेको छ।

प्रतिक्रिया
शेयर