रास्वपा सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि भारत प्रस्थान

छानबिन न्यूज
पाठक संख्या 68
1 Min Read

१८ जेठ,काठमाण्डाैं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा आज (जेठ १८ गते) पाँचदिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन ।

आगामी जेठ २२ गते (जुन ५) सम्म हुने यस भ्रमण टोलीमा उहाँसँगै पत्नी निकिता पौडेल, पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्य, सचिवालय सदस्य दीपक बोहोरा र प्रदीप आचार्य रहेका छन ।

नयाँदिल्लीस्थित नेपाली दूतावासको समन्वयमा हुने यस भ्रमणका क्रममा सभापति लामिछानेले उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने, भाजपा नेतृत्व, भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग छलफल गर्ने र अयोध्याको समेत भ्रमण गर्ने कार्यक्रम रहेको पार्टी प्रवक्ता मनिष झाले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
शेयर