बजेट २०८३/८४: सरकारी कर्मचारीको सुविधा वृद्धि र खर्च कटौतीको नयाँ योजना

छानबिन न्यूज
पाठक संख्या 54
1 Min Read
Oplus_16908288

१५ जेठ,काठमाण्डाैं । आर्थिक वर्ष २०८३/८४ को बजेट भाषणमार्फत् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजामती कर्मचारी, नेपाली सेना, प्रहरी र शिक्षकहरूको सेवा सुविधालाई मर्यादित जीवनयापन र उच्चस्तरीय कार्यसम्पादनका लागि सम्मानजनक ढंगले निरन्तर वृद्धि गर्ने घोषणा गर्नुभएको छ ।

यसका साथै, सरकारको बोझिलो संगठन संरचनालाई चुस्त बनाउन संघीय मन्त्रालयको संख्या १८ मा सीमित गरिसकिएको परिप्रेक्ष्यमा थप ३१ वटा निकाय खारेज, ६ वटा मर्जर र १८ वटा निकायको पुनर्संरचना गरी दरबन्दी कटौती गरिने भएको छ ।

अभूतपूर्व मितव्ययिता अपनाउँदै तालिम केन्द्र बाहिरका तालिम, क्यामरा, टेलिभिजन जस्ता उपकरणको बजेट हटाइनुका साथै संस्थानका पदाधिकारी र कर्मचारीले पाउने विशेष छुट समेत बन्द गरेर कार्यालय सञ्चालन खर्च उल्लेख्य रूपमा घटाइने भएको छ, जसबाट राज्य कोषमा करिब २० अर्ब रुपैयाँ बचत हुने प्रारम्भिक अनुमान गरिएको छ ।

प्रतिक्रिया
शेयर