संसद्मा पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न खोजिएको विषयमा आपत्ति: राज्य शक्तिको दुरुपयोग नगर्न ध्यानाकर्षण

छानबिन न्यूज
पाठक संख्या 132
1 Min Read
Oplus_16908288

१२ जेठ, बारा ।  नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले विगत २४ घण्टामा स्थापित पत्रकारलाई ‘सरकारले गिरफ्तार गर्दैछ’ भन्ने विषयले बजार लिएको स्मरण गराउँदै, पत्रकारले लेखेका समाचारलाई नियमन गर्ने निकाय प्रेस काउन्सिल रहेको भन्दै राज्य शक्तिको दुरुपयोग नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सरकारका राम्रा कामको बखान मात्रै नभएर सरकारको कमिकमजोरीको समाचार पनि लेखिने भएकाले त्यसअनुसार बुझ्नुपर्ने आग्रह गर्दै उनले प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै भने, ‘समाचार लेखेकै आधारमा पत्रकारलाई आतंकित गर्ने जुन प्रवृति देखिएको छ, यसले आम सञ्चारमाध्यममा एउटा संशय पैदा भएको छ ।’

यसरी पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न खोजिएको भनिएको विषय आज (१२ जेठ) काठमाडौंमा संसद्मै उठेको हो ।

प्रतिक्रिया
शेयर