जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूको प्रदर्शन, १० जना नियन्त्रणमा

छानबिन न्यूज
पाठक संख्या 39
1 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

२८ बैसाख,काठमाण्डाैं । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै सोमबार ललितपुरको हरिहरभवनस्थित आयोगको कार्यालय नजिकै युवाहरूले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी १० जनालाई नियन्त्रणमा लिएको छ ।

आयोगको कार्यालयतर्फ अघि बढ्न खोज्ने प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिइएको जानकारी ललितपुर प्रहरीका एसपी गौतम मिश्रले दिनुभएको छ ।

 प्रदर्शनमा उत्रिएका युवाहरूले ‘सत्य लुकाएर के पायौ, प्रतिवेदन किन लुकायौ’, ‘सरकार डरायो, प्रतिवेदन हरायो’ र ‘मानव अधिकार किन चुप’ जस्ता नारा लेखिएका प्लेकार्ड बोक्दै आयोग र सरकारको मौनताप्रति कडा आक्रोश व्यक्त गरेका छन् ।

Oplus_16908288
प्रतिक्रिया
शेयर