११ बैसाख,बारा । वीरगन्ज स्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटरले भारतबाट अवैध रूपमा भन्सार छली भित्र्याइएका २२ थान इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको छ ।
सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन निरौलाका अनुसार बिहीबार वीरगन्ज महानगर-१६ स्थित मुख्य भन्सार नाकाबाट १४, सिर्सिया नाकाबाट सात र विन्दवासिनी गाउँपालिका-५ प्रसौनीभाठाबाट एक गरी करिब रु १७ लाख ३० हजार मूल्य पर्ने ती स्कुटरहरू नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालय बुझाइएको हो ।
पर्सामा सशस्त्र प्रहरीले यसरी सक्रियता देखाउँदै अवैध आयातमा कडाइ गरे पनि छिमेकी जिल्ला बारामा भने यस्ता स्कुटरहरू छ्यापछ्याप्ती भित्रिने क्रम जारी रहँदा समेत स्थानीय प्रहरी प्रशासन यस मामिलामा निकै नै सिथिल र मौन देखिएको छ ।
प्रतिक्रिया
