जेनजी आन्दोलन दमन प्रकरण: ओली र लेखकलाई १० दिन थुनामा राख्न माग, अदालतमा बहस जारी

छानबिन न्यूज
पाठक संख्या 101
1 Min Read
Oplus_16908288

१५ चैत,काठमाण्डाैं । जेनजी आन्दोलनमा भएको दमनलाई लिएर पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न सरकारी वकिलले माग गरेको छ।

आन्दोलनका क्रममा भएको दमनबारे जाँचबुझ गर्न गठित आयोगले उनीहरूलाई फौजदारी मुद्दामा कारबाही गर्न सिफारिस गरेपछि शनिबार बिहान पक्राउ गरिएका दुवै नेताका विरुद्ध आज जिल्ला अदालत काठमाडौंमा जरुरी पक्राउ पुर्जीको समर्थन र म्याद थपका लागि निवेदन दर्ता भएको हो।

तत्कालीन समयमा ओली प्रधानमन्त्री र लेखक गृहमन्त्रीको जिम्मेवारीमा रहेको र सोही समयको घटनालाई लिएर अनुसन्धान अघि बढाइएकोमा अहिले अदालतमा सरकारी वकिलको मागमाथि बहस भइरहेको छ भने ओली र लेखकका वकिलहरूले थुनामा राख्न आवश्यक नभएको भन्दै त्यसको प्रतिवाद गरिरहेका छन्।

प्रतिक्रिया
शेयर