होटलमा काम लगाइदिने बहानामा महिलालाई अनैतिक कार्यमा लगाउने दुई जना पोखराबाट पक्राउ

छानबिन न्यूज
पाठक संख्या 122
1 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

४ चैत,पाेखरा । कास्कीको पोखरा महानगरपालिका–८ जाल्पारोडस्थित विभिन्न खाजा घरहरूमा महिलाहरूलाई प्रलोभनमा पारी अनैतिक गतिविधिमा संलग्न गराएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको टोलीले विशेष सूचनाका आधारमा आइतबार भारत घर भई पोखरा–१४ बस्ने २४ वर्षीय राधेश्याम शाह र बाग्लुङ घर भई पोखरा–१ बस्ने २८ वर्षीय खेमु थापालाई नियन्त्रणमा लिएको हो।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले पीडित महिलाहरूलाई होटलमा काम लगाइदिने प्रलोभन देखाएर ग्राहकबाट रकम असुली जबरजस्ती अनैतिक कार्यमा लगाउने गरेको खुल्न आएको छ भने सोही क्रममा प्रहरीले चार जना पीडित महिलाहरूको उद्धार समेत गरेको छ।

पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत कास्कीबाट मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
शेयर