इरानद्वारा कतारस्थित अमेरिकी सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार

छानबिन न्यूज
पाठक संख्या 90
1 Min Read

२० फागुन,काठमाण्डाैं ।  इजरायल र अमेरिकाले इरानका सर्वोच्च नेता अली खामेनीको ज्यान लिने गरी गरेको आक्रमणको बदलास्वरूप इरानले कतारमा रहेको मध्यपूर्वको सबैभन्दा ठूलो अमेरिकी सैन्य अड्डा ‘अल उदैद एयर बेस’ मा मंगलबार राति ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ।

कतारको रक्षा मन्त्रालयका अनुसार इरानबाट प्रहार गरिएका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्रमध्ये एउटालाई हवाई प्रतिरक्षा प्रणालीले बीचमै रोके पनि अर्को भने दोहाको दक्षिण-पश्चिममा अवस्थित उक्त सैन्य अड्डामा खसेको छ।

यद्यपि यसबाट कुनै मानवीय क्षति नभएको र भौतिक क्षतिको विवरण आउन बाँकी रहेको उल्लेख गर्दै मन्त्रालयले इरानी आक्रमण सुरु भएयता १०१ वटा ब्यालेस्टिक क्षेप्यास्त्र, ३९ वटा आत्मघाती ड्रोन र तीनवटा क्रुज क्षेप्यास्त्र कतारी हवाई क्षेत्रतर्फ आएकोमा अधिकांशलाई विफल पारिएको जनाएको छ।

शनिबारदेखि सुरु भएको यो तनावपूर्ण शृङ्खलामा करिब ८०० जनाको ज्यान गइसकेको अवस्थामा कतारी सशस्त्र बलले देशको सार्वभौमसत्ता रक्षा गर्न आफू पूर्ण सक्षम रहेको दाबी गर्दै नागरिक तथा विदेशीहरूलाई अफवाहको पछि नलागी शान्त रहन र आधिकारिक सूचनामा मात्र भर पर्न आग्रह गरेको छ

प्रतिक्रिया
शेयर