इजरायली आक्रमणमा इरानी सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

छानबिन न्यूज
पाठक संख्या 107
1 Min Read

१७ फागुन,काठमाण्डाैं ।।  इजरायलले इरानको राजधानी तेहरानसहित विभिन्न सहरहरूमा गरेको ‘लायन रोर’ नामक भिषण हवाई आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनी मारिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन्।

सामाजिक सञ्जाल ‘ट्रुथ’ मार्फत ट्रम्पले खामेनीको मृत्युलाई इरान र विश्वका लागि न्यायको संज्ञा दिँदै अमेरिकाले ‘अपरेशन एपिक फ्युरी’ अन्तर्गत यस कारबाहीको निगरानी गरेको उल्लेख गरेका छन्।

समाचार संस्था रोयटर्सले पनि इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै भग्नावशेषमुनि खामेनीको शव फेला परेको जनाएको छ भने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि उनको मृत्युको संकेत गरेका छन्।

यद्यपि, इरानी विदेशमन्त्री अब्बास अराघ्चीले भने खामेनी सुरक्षित रहेको दाबी गर्दै उक्त समाचारको खण्डन गरेका छन्। ८६ वर्षीय खामेनी सन् १९८९ देखि इरानको सर्वोच्च सत्तामा रहँदै आएका थिए।

रेड क्रिसेन्टका अनुसार यस आक्रमणमा हालसम्म २०० भन्दा बढीको मृत्यु र ७४० भन्दा बढी घाइते भएका छन् भने इरानी सेनाले यसको जवाफी कारबाहीलाई ‘खतम-ए-तूफान’ नाम दिएको छ।

प्रतिक्रिया
शेयर