हेटौंडाको बस्तीपुरमा ट्रकको ठक्करबाट दुई युवकको मृत्यु

छानबिन न्यूज
पाठक संख्या 188
1 Min Read

१३ फागुन,हेटाैडा ।  पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ बस्तीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ।

हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको ना ४३ प २२१ नम्बरको मोटरसाइकललाई नेवारपानीबाट हेटौंडातर्फ आउँदै गरेको ट्रकले ठक्कर दिँदा मकवानपुरको राक्सिराङ गाउँपालिका-१ का २२ वर्षीय सन्जित स्याङतान र १८ वर्षीय अमोश थिङको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई तत्काल उपचारका लागि हेटौंडास्थित चुरेहिल अस्पताल लगिएको भए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनालगत्तै फरार रहेको ग२ख ८९८ नम्बरको उक्त ट्रकलाई प्रहरीले वीरगञ्ज महानगरपालिका–१३ प्रतीमाचोकस्थित एक ग्यारेजबाट नियन्त्रणमा लिएको छ भने फरार चालक बारा जितपुरसिमरा-३ का ३६ वर्षीय अनिल साहको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
शेयर