रौतहटको गौरमा लगाइएको कफ्र्यु हट्यो, जनजीवन सामान्य बन्दै

छानबिन न्यूज
पाठक संख्या 184
1 Min Read

ईर्साद अन्सारी

११ फागुन,राैतहट ।  गत फागुन ७ गते दुई पक्षबीच भएको विवादपछि उत्पन्न तनावलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिका क्षेत्रमा जारी गरेको कफ्र्यु आदेश आज बिहान १० बजेदेखि पूर्ण रूपमा हटाएको छ।

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालका अनुसार जिल्ला सुरक्षा समितिको पछिल्लो बैठकले सुरक्षा स्थितिको समीक्षा गर्दै अवस्था सामान्य बन्दै गएको निष्कर्ष निकालेपछि स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम लगाइएको उक्त प्रतिबन्ध हटाउने निर्णय गरेको हो।

झडपका कारण केही दिन तनावग्रस्त बनेको यस क्षेत्रमा प्रशासनले कफ्र्यु हटाएसँगै सर्वसाधारणको चहलपहल बढ्न थालेको छ भने सुरक्षा निकायले स्थितिमाथि अझै सूक्ष्म निगरानी राखिरहेको जनाएको छ।

प्रतिक्रिया
शेयर