ईर्साद अन्सारी
२७ माघ,काठमाण्डाैं । काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको अरनिको यातायातको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस मंगलबार बिहान रामेछापको मन्थली नगरपालिका–६, मसानटारस्थित सडकबाट करिब १०० मिटर तल तामाकोसी नदीमा खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ।
रामेछापका डीएसपी भोला भट्टका अनुसार उक्त दुर्घटनामा चालकसहित ८ जना घाइते भएका छन्, जसको उपचार खुर्कोटस्थित शुभजीवन, मन्थली र तामाकोसी अस्पतालमा भइरहेको मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केशवसिंह धामीले जानकारी दिनुभएको छ।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाउनुका साथै बेपत्ता हुन सक्ने अन्य यात्रुहरूको खोजी कार्य जारी राखेको छ।
प्रतिक्रिया
