बारामा एमाले प्रवेशको लहर: माओवादीका गाउँ उपाध्यक्षसहित १५० नेता-कार्यकर्ता पार्टी प्रवेश

छानबिन न्यूज
पाठक संख्या 438
1 Min Read

​१९ माघ,बारा ।  बारा क्षेत्र नम्बर ४ मा नेकपा एमाले प्रवेश गर्नेहरूको ठुलो लहर देखिएको छ, जसको पछिल्लो कडी स्वरूप तत्कालिन नेकपा माओवादी केन्द्र परवानीपुर गाउँ कमिटीका उपाध्यक्ष इम्तियाज आलमसहित १५० जना प्रभावशाली नेता तथा कार्यकर्ताहरू एमालेमा समाहित भएका छन्।

साेमबार आयोजित एक विशेष कार्यक्रमका बीच बारा निर्वाचन क्षेत्र नम्बर ४ का एमाले उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) ले उनीहरूलाई खादा र टीका लगाएर पार्टीमा स्वागत गर्नुभएको हो।

चुनाव नजिकिँदै गर्दा अन्य दल परित्याग गरी एमाले रोज्नेहरूको संख्या ह्वात्तै बढेपछि यतिबेला बारामा एमालेको पक्षमा बलियो माहोल सिर्जना भएको छ भने यसले स्थानीय राजनीतिमा नयाँ तरंग ल्याइदिएको छ।

प्रतिक्रिया
शेयर