इरानमा बढ्दो तनावका कारण नेपालीलाई त्यहाँको भ्रमण नगर्न र बसोबास गरिरहेकालाई स्वदेश फर्कन सरकारको आग्रह

छानबिन न्यूज
पाठक संख्या 237
1 Min Read
Oplus_16908288

ईर्साद अन्समरी

१८ माघ,काठमाण्डाैं ।  इरान र अमेरिकाबीच बढ्दै गएको सैन्य तथा राजनीतिक तनावका कारण सिर्जित पछिल्लो असुरक्षित परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकारले आफ्ना नागरिकहरूका लागि विशेष ‘ट्राभल एडभाइजरी’ जारी गरेको छ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति सार्वजनिक गर्दै इरानको अवस्था सामान्य नभइन्जेलसम्मका लागि प्रस्तावित भ्रमणहरू तत्काल स्थगित गर्न आग्रह गर्नुका साथै हाल त्यहाँ कार्यरत वा बसोबास गरिरहेका नेपालीहरूलाई सुरक्षा जोखिम उच्च रहेकाले यथाशक्य चाँडो इरान छाड्न सल्लाह दिएको छ।

विशेषगरी इरानस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयहरूमा कार्यरत रहेका थोरै संख्याका नेपालीहरूको सुरक्षालाई लिएर चासो व्यक्त गर्दै मन्त्रालयले आपत्कालीन उद्धारको अवस्था आइपर्न सक्ने भएकाले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई आफ्ना पासपोर्ट, ट्राभल डकुमेन्ट तथा परिचयपत्रजस्ता महत्त्वपूर्ण कागजातहरू सुरक्षित र सहजै फेला पार्न सकिने स्थानमा तयारी अवस्थामा राख्न समेत सचेत गराएको छ।

प्रतिक्रिया
शेयर