३० पुस,काठमाण्डाैं । मंगलबार राति सिन्धुलीको घ्याङलेख-२ बस्तीपुर, हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखाबाट ५-६ जनाको समूहले ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटपाट गरेकोमा उक्त घटनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार स्थानीयको सक्रिय सहयोगमा उनीहरूलाई घ्याङलेख-१ सुकाचुरीबाट नियन्त्रणमा लिइएको हो।
लुटपाटमा संलग्न अन्यको खोजी भइरहेको र थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ भने विभिन्न स्थानबाट लुटिएको रकममध्ये हालसम्म १ करोड ८० लाख १० हजार ५०० रुपैयाँ बरामद भइसकेको छ।
प्रतिक्रिया
