२७ असार,बारा । काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आफ्नै घरको भान्सा कोठामा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको छ।
घटनालगत्तै प्रहरीद्वारा उद्धार गरी वीर अस्पताल पुर्याइएका राउतको शरीर ५० प्रतिशतभन्दा बढी जलिसकेकाले सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको अवस्थामा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिएका छन ।
श्रीमती र छोराका साथ बुद्धनगरमा बस्दै आएका राउतले के कति कारणले आत्मदाहको प्रयास गरेका हुन् भन्ने कुरा अझै खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया


