१३ असार,बारा । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापा चोकस्थित एक होटलबाट शनिबार पेस्तोल र गोलीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा धनुषाकै मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ का २० वर्षीय अमन यादव र हंसपुर नगरपालिका–६ का १८ वर्षीय सुधिर मुखिया रहेका छन्।
उनीहरूको साथबाट ‘इगल र्याप्टर’ लेखिएको काठको बडिसमेत जडान भएको एक थान पेस्तोल, ९ एमएम र ६.६५ एमएमको एक-एक थान गोली तथा एउटा म्यागजिन बरामद गरिएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई हाल हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ।
प्रतिक्रिया
