कलैयालाई देशकै नमुना स्थानीय तह बनाउने नगर प्रमुख साहको प्रतिबद्धता, १७औँ नगरसभाद्वारा १ अर्ब ६७ करोड ६३ लाखको बजेट प्रस्तुत

छानबिन न्यूज
पाठक संख्या 74
1 Min Read
Oplus_16908288

१० असार,बारा । कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहको अध्यक्षतामा वडा नम्बर ४ स्थित करण राज होटलमा सम्पन्न १७औँ नगरसभा अधिवेशनमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ६७ करोड ६३ लाख ३० लाख रुपैयाँ बराबरको अनुमानित बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ।

अधिवेशनलाई सम्बोधन गर्दै नगर प्रमुख साहले सीमित स्रोत–साधनको अधिकतम उपयोग गरी कृषि, पूर्वाधार विकास र सुशासनलाई प्राथमिकतामा राखेर कलैयालाई देशकै प्रमुख र नमुना पालिकाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो भने प्रमुख प्रशासकीय अधिकृत रेशमलाल कडेलले नीति, कार्यक्रमसहित आय–व्ययको विवरण प्रस्तुत गर्नुभएको थियो।

संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण, सशर्त, विशेष, समपूरक अनुदान, राजस्व बाँडफाँट र आन्तरिक आयलाई मुख्य स्रोत मानिएको उक्त बजेटमा चालु खर्चका साथै कृषि उत्पादन वृद्धि, सडक, शिक्षा, स्वास्थ्य र सामाजिक विकास जस्ता पूँजीगत खर्चका योजनाहरूलाई प्राथमिकता दिइएको छ।

उपप्रमुख रौशन प्रविण विशिष्ट अतिथिका रूपमा सहभागी रहनुभएको उक्त गरिमामय सभामा २७ वटै वडाका अध्यक्ष, कार्यपालिका सदस्य, सुरक्षा निकायका प्रतिनिधि र सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो र प्रस्तुत बजेटमाथि आवश्यक छलफल तथा सुझाव संकलन गरी आगामी आर्थिक वर्षदेखि यसलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याइने जनाइएको छ।

oplus_32
oplus_0
प्रतिक्रिया
शेयर