ट्याक्टरको ठक्करबाट झापामा बाबु-छोरीको ज्यान गयो

छानबिन न्यूज
पाठक संख्या 59
1 Min Read

ईर्साद अन्सारी

५ असार,बिराटनगर ।  झापाको कनकाई नगरपालिका–५, तुलसीवारीमा शुक्रबार दिउँसो एउटा दुःखद दुर्घटना भएको छ। खेत जोतेर सडकमा निस्कँदै गरेको मे १ त ७४०४ नम्बरको ट्याक्टरले सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे ४ प ५५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

​दुर्घटनामा परी मोटरसाइकल चालक झापा गाउँपालिका–३ बस्ने २० वर्षीय समिर अली, र उनकी ५ वर्षीया छोरी हाजिरा खातुनको मृत्यु भएको छ। दुर्घटनालगत्तै उनीहरूलाई उपचारका लागि कन्काई अस्पताल, सुरुङ्गा पुर्‍याइएको थियो। तर, चिकित्सकहरूले जाँच गर्नासाथ उनीहरूलाई मृत घोषणा गरे।

​सोही दुर्घटनामा मोटरसाइकलको पछाडि सवार समिरकी आमा, ४५ वर्षीया नुरेश सादेवी गम्भीर घाइते भएकी छन्। उनलाई कन्काई अस्पतालमा प्रारम्भिक उपचार गरेपछि, थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएको छ। जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार दुर्घटनामा संलग्न ट्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ।

प्रतिक्रिया
शेयर