“सञ्चार क्षेत्रका समस्या समाधान गर्न मधेश प्रदेश सरकार प्रतिबद्ध छ” : गृह, सञ्चार तथा कानूनमन्त्री: फकिरा महतो

छानबिन न्यूज
पाठक संख्या 21
1 Min Read
oplus_0

३१ जेठ,बारा ।  मधेश प्रदेश सरकारअन्तर्गतको आमसञ्चार प्राधिकरणद्वारा आइतबार जनकपुरधाममा आयोजित पुरस्कार तथा सम्मान कार्यविधिसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै गृह, सञ्चार तथा कानूनमन्त्री फकिरा महतोले लोकतान्त्रिक शासन व्यवस्थामा स्वतन्त्र, निष्पक्ष र जिम्मेवार सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै यस क्षेत्रले भोगिरहेका समस्याहरूको समाधानका लागि प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन ।

आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतामा सम्पन्न उक्त विशेष छलफलमा मधेश प्रदेशका आठवटै जिल्लाका नेपाल पत्रकार महासंघका अध्यक्ष, पूर्वअध्यक्ष, सञ्चारकर्मी तथा सञ्चार संस्थाका प्रतिनिधिहरूको व्यापक सहभागिता रहेको थियो, जहाँ सहभागीहरूले पत्रकारिता क्षेत्रका चुनौती, स्थानीय सञ्चारमाध्यमको अवस्था र सञ्चार नीतिको प्रभावकारी कार्यान्वयनका विषयमा महत्त्वपूर्ण सुझावहरू प्रस्तुत गरेका थिए।

सोही अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा तथा मिडिया काउन्सिल मधेशकी कार्यवाहक अध्यक्ष बन्दना झाले सञ्चार क्षेत्रका विविध समसामयिक मुद्दामाथि आफ्ना भनाइहरू राखेका थिए ।

अध्यक्ष खड्गाले पत्रकारिताको व्यावसायिक विकास, सञ्चारमाध्यमको दिगोपना र सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धिका लागि प्राधिकरणले चालिरहेका कदमहरूबारे प्रष्ट पारेका थिए ।

आमसञ्चार प्राधिकरणले यस्ता बृहत् अन्तरक्रिया र सरोकारवालाहरूबीचको समन्वयबाट आगामी दिनमा नीतिगत सुधारका लागि आवश्यक सुझाव संकलन गर्न र सञ्चार क्षेत्रलाई थप व्यवस्थित बनाउन ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

oplus_0
प्रतिक्रिया
शेयर