प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति एमालेको गम्भीर आपत्ति, भनाइ सच्याउन र माफी माग्न माग

छानबिन न्यूज
पाठक संख्या 73
1 Min Read
Oplus_16908288

१७ जेठ,बारा ।  नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले प्रधानमन्त्रीले संसद्को रोस्ट्रमबाट “नेपालले पनि अरूको सीमा मिचेको छ” भनी दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै यसलाई गैरजिम्मेवार, तथ्यहीन, राष्ट्रिय हितविपरीत र राष्ट्रिय आत्मसमर्पणवादको पराकाष्ठा भएको बताएका छन्।

ऐतिहासिक दस्तावेज, नक्सा र तथ्यहरूले नेपालकै भूमि अतिक्रमणमा परेको स्पष्ट पार्ने अवस्थामा राज्यको प्रमुखबाटै आफ्नै देशलाई दोषी देखाउने गरी आएको यस्तो अपरिपक्व भनाइले सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी, विज्ञहरू र आम देशभक्त नेपालीको भावनामाथि गम्भीर चोट पुऱ्याएको एमालेको ठहर छ।

राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयमा कुनै पनि प्रकारको सम्झौता वा अस्पष्टता स्वीकार्य नहुने उल्लेख गर्दै एमालेले सरकारलाई तुरुन्तै उक्त भनाइ सच्याउन, संसद् तथा आम जनतासामु माफी माग्न र देशको हित अनुकूल स्पष्ट धारणा सार्वजनिक गर्न जोडदार माग गरेको छ।

प्रतिक्रिया
शेयर