मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, पाँच नयाँ मन्त्रीद्वारा शपथ ग्रहण

छानबिन न्यूज
पाठक संख्या 66
1 Min Read
Oplus_16908288

१२ जेठ,काठमाण्डाैं ।  मधेश प्रदेश सरकारमा मन्त्रिपरिषद् विस्तार भएको छ, जसअन्तर्गत मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पाँच जना नयाँ मन्त्री नियुक्त गर्नुभएको छ ।

जनकपुरधाममा मंगलबार आयोजित विशेष समारोहका बीच नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्, जसमा नेकपाबाट अर्थ मन्त्रीमा युवराज भट्टराई, नेकपा एमालेबाट भौतिक पूर्वाधार मन्त्रीमा मोहम्मद समिर, श्रम तथा यातायात मन्त्रीमा शारदादेवी थापा, युवा तथा समाज कल्याण मन्त्रीमा लखनदास र शिक्षा तथा संस्कृति मन्त्रीमा मनोज सिंह रहनुभएको छ ।

यसैगरी, नेपाली कांग्रेसका तर्फबाट स्वास्थ्य मन्त्रीमा नगेन्द्र शाहलाई नियुक्त गरिएको छ भने यसअघि सो पदमा रहेका जंगीलाल रायलाई मन्त्री पदबाट हटाइएको छ ।

प्रतिक्रिया
शेयर