विपक्षीको अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

छानबिन न्यूज
पाठक संख्या 65
1 Min Read
Oplus_16908288

१२ जेठ,काठमाण्डाैं । प्रतिनिधि सभाको बैठक विपक्षी दलहरूको तीव्र अवरोध र नाराबाजीका कारण १५ मिनेटका लागि स्थगित भएको छ । बैठक सुरु हुनासाथ विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिको माग गर्दै संसदमा अवरोध सिर्जना गरेका हुन् ।

​विपक्षी सांसदहरूले प्रधानमन्त्रीको उपस्थिति बिना प्रतिनिधि सभाको कार्यसूची अगाडि नबढाउन माग गरेपछि सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलका नेताहरूलाई पालैपालो बोल्ने समय उपलब्ध गराउनुभएको थियो । तर, विपक्षी दलहरूले आफ्नो अडान नछोडी प्रधानमन्त्री उपस्थित नभएसम्म बैठक चल्न नदिने स्पष्ट पारेका थिए ।

​विपक्षीको अवरोध जारी रहेकै बीच सभामुख अर्यालले संसदको कार्यसूचीलाई अगाडि बढाउने प्रयास गर्नुभएको थियो । सोही क्रममा पर्यटनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्नुभयो । उक्त प्रस्तावमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही सांसदहरूले छलफलमा भाग समेत लिएका थिए ।

​तर, कार्यसूची अगाडि बढेसँगै विपक्षी दलका सांसदहरू थप आक्रामक बन्दै रोष्टम घेराउ र नाराबाजीमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको थियो । विपक्षीको लगातारको विरोध र नाराबाजीका बीच बैठक अगाडि बढाउन सम्भव नभएपछि सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेक ा छन ।

प्रतिक्रिया
शेयर