कार्यसम्पादनमा मधेश प्रदेशकै उत्कृष्ट जिल्ला प्रहरी कार्यालय पर्सा सम्मानित: किन दिइन्छ यस्तो सम्मान?

छानबिन न्यूज
पाठक संख्या 86
1 Min Read

१० जेठ,बारा ।  आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यसम्पादन विवरण मूल्यांकनमा मधेश प्रदेशका ८ वटै जिल्लाहरूमध्ये जिल्ला प्रहरी कार्यालय पर्सा सर्वोत्कृष्ट घोषित हुँदै विशेष प्रशंसापत्रद्वारा सम्मानित भएको छ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका कार्यालय प्रमुख एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाले जि.प्र.का. पर्साका कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठकलाई आज एक कार्यक्रमका बिच प्रशंसापत्रबाट सम्मानित गरेका छन ।

प्रहरी संगठनभित्र यस्तो सम्मान पत्र प्रदान गर्नुको मुख्य उद्देश्य तोकिएको संगठनिक लक्ष्य, शान्ति सुरक्षा अमनचयन, अपराध नियन्त्रण, सीमा सुरक्षा, र प्रशासनिक चुस्ततामा उत्कृष्ट नतिजा हासिल गर्ने जिल्ला र नेतृत्वको उच्च मूल्यांकन गर्नु हो।

यस प्रकारको संस्थागत सम्मानले एकातिर सम्बन्धित कार्यालयका सम्पूर्ण प्रहरी कर्मचारीहरूको मनोबल र उत्साह बढाएर अझ व्यावसायिक बन्न ऊर्जा प्रदान गर्दछ भने, अर्कोतिर अन्य जिल्लाहरूलाई पनि आफ्नो कार्यसम्पादन र सेवा प्रवाहमा प्रतिस्पर्धात्मक सुधार ल्याउन सकारात्मक प्रेरणा दिने गर्दछ।

प्रतिक्रिया
शेयर