रुपन्देहीमा नक्कली नोट छाप्ने मेसिनसहित दुई जना पक्राउ

छानबिन न्यूज
पाठक संख्या 43
1 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

८ जेठ,काठमाण्डाैं  । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट नक्कली नेपाली नोट छाप्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भारत ककरहवा सिद्धार्थनगर नौगढका ३८ वर्षीय अब्दुल हमिद र लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिनाका २२ वर्षीय अनिल पासी (बिक्की) रहेका छन्।

रुपन्देही प्रहरीका अनुसार विशेष सूचनाका आधारमा खटिएको टोलीले उनीहरूलाई नक्कली नोट छाप्न प्रयोग गरिने कम्प्युटर र प्रिन्टरसहित नियन्त्रणमा लिएको हो।

प्रहरीले उनीहरूको साथबाट ठूलो मात्रामा छापिएका १००, ५०० र १००० दरका नक्कली नेपाली नोटहरूका साथै नोट बनाउन प्रयोग हुने अन्य सामग्रीहरू समेत बरामद गरी थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया
शेयर