रौतहटको कटहरियाबाट तीन स्कुले बालक बेपत्ता, खोजी कार्य तीव्र

छानबिन न्यूज
पाठक संख्या 24
1 Min Read
Oplus_16908288

३० बैसाख,बारा । रौतहटको कटहरिया नगरपालिका–५ बाट एकै विद्यालय र एउटै कक्षामा अध्ययनरत तीन बालक गत सोमबारदेखि अचानक बेपत्ता भएपछि स्थानीयस्तरमा त्रास र चिन्ता छाएको छ ।

विद्यालयबाट फर्केर खेल्न जान्छौँ भनी निस्किएका १४ वर्षीय सकील अन्सारी, १४ वर्षीय कुन्दन साह सोनार र १२ वर्षीय पवन कुमार दास सरभंग हालसम्म घर नफर्किएपछि परिवारको निवेदनका आधारमा ईलाका प्रहरी कार्यालय कटहरियाले खोजी कार्यलाई तीव्रता दिएको छ ।

बेपत्ता मध्येका सकीलसँग केही नगद रहेको र उनीहरू भारतको दिल्ली जाने योजनामा रहेको भन्ने अपुष्ट जानकारी प्राप्त भएपछि प्रहरीले नेपालभरका सुरक्षा निकायका साथै भारतीय प्रहरीसँग समेत समन्वय अगाडि बढाएको छ ।

सई मोहन आले मगरका अनुसार घटनाको प्रकृतिबारे अनुसन्धान भइरहेको छ र यी बालकहरूलाई फेला पार्ने जोकोहीले नजिकको प्रहरी कार्यालय वा मोबाइल नम्बर ९८५५०४२०९५ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया
शेयर