मलेसिया जान खोज्ने युवाको गुनासोपछि मुन म्यानपावरमा छापा, ४३७ पासपोर्ट र नगद बरामद

छानबिन न्यूज
पाठक संख्या 58
1 Min Read
Oplus_16908288

२५ बैसाख,काठमाण्डाैं । ललितपुरको जावलाखेलस्थित मुन म्यानपावरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छापा मारी ४३७ वटा राहदानी (पासपोर्ट) र ७ लाख ९० हजार रुपैयाँ नगद बरामद गरेको छ।

मलेसिया जान लागेका एक युवाले प्रधानमन्त्री कार्यालयमा गुनासो गरेपछि तत्काल अनुगमन र छापा मार्ने प्रक्रिया अघि बढाइएको जानकारी श्रममन्त्री रामजी यादवका स्वकीय सचिव सरोज यादवले दिएका छन्।

बरामद गरिएको नगदको कुनै पनि आधिकारिक रसिद फेला नपरेको र मन्त्रालयले उक्त म्यानपावर कम्पनीलाई सिल गरेर थप कानुनी कारबाही अघि बढाउने तयारी गरेको छ।

वैदेशिक रोजगारीसँग सम्बन्धित समस्या र गुनासो सम्बोधनका लागि मन्त्रीको सचिवालय २४सै घण्टा तत्पर रहने प्रतिबद्धतासमेत सचिव यादवले व्यक्त गरेका छन्।

प्रतिक्रिया
शेयर