न्यायालयमा नयाँ इतिहास: चौथो वरियताका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

छानबिन न्यूज
पाठक संख्या 76
1 Min Read
Oplus_16908288

२४ बैसाख,काठमाण्डाैं । नेपालको न्यायिक इतिहासमा पहिलोपटक वरिष्ठतम् न्यायाधीशलाई पन्छाएर रोलक्रमको चौथो स्थानमा रहेका न्यायाधीश प्रधानन्यायाधीशका लागि सिफारिस भएका छन्।

न्यायपरिषद्को बिहीबार बसेको बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्माको नाम प्रस्तावित प्रधानन्यायाधीशका रूपमा अघि सारेको हो, जसमा संवैधानिक परिषद्ले कामू प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित वरिष्ठतम् न्यायाधीशहरू कुमार रेग्मी र हरि फुयाललाई छाडेर शर्मालाई रोजेको छ।

४ असार २०२७ मा पर्सामा जन्मिएका शर्मा, जो ६ वैशाख २०७६ मा सर्वोच्चको न्यायाधीश नियुक्त भएका थिए, संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएमा नेपालको ३३ औं प्रधानन्यायाधीश बन्नेछन्।

नेपाल ल क्याम्पसबाट स्नातक र भारतको पुने विश्वविद्यालयबाट स्नातकोत्तर गरी श्रम कानुनमा विद्यावारिधि गरेका शर्माको कार्यकाल वैशाख २०८९ सम्म अर्थात् करिब ६ वर्ष रहनेछ, जुन प्रजातन्त्रको पुनर्स्थापनापछि कुनै पनि प्रधानन्यायाधीशले पूरा गरेको सबैभन्दा लामो कार्यकाल हुनेछ।

यसअघि पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीश हुँदा अस्थायी पद खारेजीसँगै अवकाश पाएका शर्मा पछि चोलेन्द्रशम्सेर जबराको पालामा सर्वोच्चको न्यायाधीशमा सिफारिस भई नियुक्त भएका थिए।

प्रतिक्रिया
शेयर