स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ

छानबिन न्यूज
पाठक संख्या 30
1 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

२२ बैसाख,काठमाण्डाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशीलाई ठगी तथा आपराधिक विश्वासघातको कसुरमा काठमाडौंको खुर्सानीटारबाट पक्राउ गरेको छ।

नवीकरण दस्तुर नबुझाएपछि २०८० वैशाख ३ गते अनुमति पत्र स्वतः रद्द भई सरकारको नियन्त्रणमा आएको स्मार्ट टेलिकमको सम्पत्तिलाई बेइमानीपूर्वक हक हस्तान्तरण गरी सरकारलाई हानि पुर्‍याएको आरोप जोशीमाथि लागेको छ।

हाल बन्द अवस्थामा रहेको टेलिकमको सम्पत्ति हिनामिना गरी सरकारी हक टुटाउने कार्यमा संलग्न रहेको भन्दै सीआईबीले सोमबार उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको हो।

प्रतिक्रिया
शेयर