विश्वकप लिग–२: ओमानविरुद्ध मैदानमा उत्रिँदै नेपाल

छानबिन न्यूज
पाठक संख्या 38
1 Min Read
Oplus_16908288

१६ बैसाख,काठमाण्डाैं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोली नेपालले ओमानको सामना गर्दैछ। बिहान ९:३० बजे सुरु हुने यस खेलमा नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिनेछ भने ओमान पहिलो जितको खोजीमा हुनेछ।

यसअघि भएको पहिलो खेलमा नेपालले यूएईलाई ३७ रनले पराजित गर्दै सुखद सुरुवात गरेको थियो भने ओमान यूएईसँग २५ रनले स्तब्ध बनेको थियो।

हालको अंकतालिकामा २१ खेलबाट ६ जितसहित नेपाल सातौँ स्थानमा रहेको छ भने २५ खेलबाट १३ जित निकाल्दै २९ अंक जोडेको ओमान तेस्रो स्थानमा सुरक्षित देखिन्छ। आजको खेलमा वर्षा बाधक बन्ने सम्भावना रहे तापनि दुवै टोलीका लागि यो खेल महत्वपूर्ण मानिएको छ।

प्रतिक्रिया
शेयर