कलैयामा ट्राफिक व्यवस्थापनका लागि कडाइ: नयाँ बसपार्कबाट मात्रै सवारी साधन चलाउनुपर्ने नियम

छानबिन न्यूज
पाठक संख्या 104
1 Min Read
Oplus_16908288

१२ बैसाख,बारा । बाराको कलैया उपमहानगरपालिकाले बजार क्षेत्रको अस्तव्यस्त ट्राफिक चापलाई व्यवस्थित गर्न भरत चोकबाट विभिन्न गन्तव्यतर्फ छुट्ने सवारी साधनहरूलाई अनिवार्य रूपमा वडा नं. ४ स्थित बसपार्कबाटै सञ्चालन गर्नुपर्ने नयाँ व्यवस्था लागू गरेको छ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद यादवले सूचना जारी गर्दै वीरगञ्ज, नारायणघाट र काठमाडौंका लागि चल्ने बस, म्याजिक, टेम्पो तथा टाटा सुमो लगायतका सबै सार्वजनिक सवारीलाई तोकिएको स्थलबाटै सेवा दिन निर्देशन दिएका हुन्।

यद्यपि, विगतमा पनि यस्ता निर्णयहरू पटक-पटक सार्वजनिक भए पनि कार्यान्वयनको पक्ष फितलो हुँदा बजारको जाम र अव्यवस्था उस्तै रहने गरेको थियो।

यसपटक नगरपालिकाले ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउने दाबी गरे पनि पुरानै प्रवृत्ति दोहोरिने हो कि वा यातायात व्यवसायीहरूले यो व्यवस्थालाई पूर्ण रूपमा पालना गरेर नगरको स्वरुप सुधार्न सहयोग गर्ने हुन् भन्ने विषय अहिले चासो र संशयको घेरामा रहेको छ।

Oplus_16908288
प्रतिक्रिया
शेयर