११ बैसाख,काठमाण्डाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री विक्रम पाण्डेलाई काठमाडौंस्थित उनकै निवासबाट नियन्त्रणमा लिएको छ, जसको पुष्टि सीआईबी प्रमुख डा. मनोज केसीले गरेका छन ।
पाण्डेमाथि प्रधानमन्त्री कार्यालयको वेबसाइटमा अनधिकृत रूपमा पहुँच पुर्याई सरकारी तथ्याङ्क वा प्रणालीमा खेल्दै विभिन्न ठेक्काहरू हात पारेको गम्भीर आरोप लागेको छ ।
यसरी प्रविधिको दुरुपयोग गरी सरकारी प्रक्रियामा हस्तक्षेप गरेको विषयमा थप अनुसन्धान गर्न प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
प्रतिक्रिया
