१० बैसाख,बारा । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तीनै तहका सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र उपलब्ध गराउने विभेदकारी निर्णय गरेको विरोधमा नेपाल पत्रकार महासंघ बाराले प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।
महासंघका अध्यक्ष रमेश सुबेदीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय बारा पुगेको टोलीले उक्त निर्णयले निजी क्षेत्रका सञ्चारमाध्यमको अस्तित्व संकटमा पार्ने भन्दै तत्काल सच्याउन माग गरेको हो।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान, मधेस प्रदेश सदस्यहरू साजिर मन्सुर र अनिल गौरव, बारा शाखाकी महिला उपाध्यक्ष प्रियंका दास, सचिव पुष्पराज खतिवडा, तथा वरिष्ठ पत्रकारहरू सत्यप्रकाश श्रेष्ठ र भोजराज भट्टराई लगायतको उल्लेख्य सहभागिता रहेको थियो।
