रौतहटमा अवैध सामानसहित पिकअप जिप र मोटरसाइकल नियन्त्रणमा

छानबिन न्यूज
पाठक संख्या 50
1 Min Read
Oplus_16908288

१० बैसाख,रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले भारतबाट भन्सार छलेर अवैध रूपमा भित्र्याइएको ठुलो परिमाणको सामानसहित एक पिकअप जिप र मोटरसाइकल बरामद गरेको छ।

मौलापुर नगरपालिका–३ बाट ज१च १३४३ नम्बरको जिपमा २ हजार ९ सय किलो तोरी र ३ सय ५० किलो सरसों ल्याउँदै गरेको अवस्थामा प्रहरीले सर्लाही लालबन्दी–७ का चालक पवन साहलाई पक्राउ गरेको जिल्ला प्रहरीका डीएसपी विष्णुप्रदीप बस्यालले जानकारी दिए।

यसैगरी, परोहा नगरपालिका–७ स्थित चोकबाट बीआर०५एल ४५६० नम्बरको भारतीय मोटरसाइकलमा अवैध रूपमा भित्र्याउँदै गरिएको डिजलसमेत नियन्त्रणमा लिइएको छ।

पछिल्लो समय सीमावर्ती क्षेत्रबाट राजस्व छली गर्ने क्रम बढेको भन्दै प्रहरीले पक्राउ परेका चालकमाथि थप अनुसन्धान गरिरहेको र बरामद गरिएका सवारीसाधन तथा सामानलाई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाउने तयारी गरेको छ।

प्रतिक्रिया
शेयर