क्यान्सरसँग जुध्दै पाँच वर्षीय बालक: ज्यान जोगाउन महागढीमाईका मेयरको भावुक अपिल

छानबिन न्यूज
पाठक संख्या 259
1 Min Read
Oplus_16908320

१० बैसाख,बारा । ​बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ का पाँच वर्षीय मासूम बालक महम्द मुरसद आलम यतिबेला जीवन र मरणको दोसाँधमा छन ।
जसलाई निकै जटिल प्रकृतिको क्यान्सर देखिएपछि परिवार मात्र होइन, सिंगो नगर नै स्तब्ध बनेको छ ।

कलिलो उमेरमै प्राणघातक रोगले गाँजेका यी अबोध बालकको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले उपचारमा ठुलो समस्या परेपछि महागढीमाई नगरपालिकाको विपन्न नागरिक बिरामी सहायता समितिले उनलाई भरतपुरस्थित वि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा निःशुल्क उपचारको सिफारिस त गरेको छ।

, तर थप औषधि र अन्य खर्च जुटाउन परिवारलाई निकै हम्मे-हम्मे परेको छ ।

यसै हृदयविदारक अवस्थालाई मध्यनजर गर्दै नगर प्रमुख उपेन्द्र यादव (उपन) ले ती बालकको ज्यान जोगाउन व्यक्तिगत र संस्थागत रूपमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै देश-विदेशमा रहेका सम्पूर्ण मनकारी हातहरूलाई आर्थिक सहयोगका लागि निकै मार्मिक अपिल गर्नुभएको छ ।

मेयर यादवले “एउटा अबोध कोपिलालाई अकालमा झर्न नदिऔँ” भन्दै पीडित बालकका काका दिलसाद आलमको नाममा रहेको एनआईसी एसिया बैंकको खाता नम्बर ३४५५७५२९५१०७६००१ मा आफ्नो गच्छेअनुसारको सहयोग जम्मा गरिदिनुहुन विनम्र अनुरोध गर्नुभएको छ, ताकि आर्थिक अभावकै कारण एउटा निर्दोष बालकले संसार छोड्नु नपरोस् ।

प्रतिक्रिया
शेयर