वीरगञ्जको मुख्य सडकमा चल्यो डोजर: दशकौँको अवरोध चिर्दै फेरिँदैछ व्यापारिक नगरको स्वरूप

छानबिन न्यूज
पाठक संख्या 149
1 Min Read
Oplus_16908288

राजेश कुमार बाेस

६ बैसाख,बारा । लामो समयदेखि मुआब्जा र अदालती प्रक्रियाको दाउपेचमा अल्झिएको त्रिभुवन राजपथ अन्तर्गत वीरगञ्जको श्रीसिया मितेरी पुलदेखि बहुअरी खण्डको सडक विस्तार कार्यले अन्ततः मूर्तरूप लिन थालेको छ ।

सडक डिभिजन कार्यालय हेटौँडाले स्थानीय प्रशासन, जनपथ तथा सशस्त्र प्रहरीको कडा सुरक्षा घेराबीच आज बिहानैदेखि घण्टाघर क्षेत्रमा रहेका नेपाल टेलिकमको कम्पाउण्ड वाल लगायतका संरचनाहरूमा डोजर चलाएर २५–२५ मिटर क्लियर गर्ने अभियान सुरु गरेको छ ।

विगतमा राजनीतिक दलहरूले निर्वाचनको ‘एजेन्डा’ मात्र बनाएर भोटको राजनीति गर्ने गरेको र घरधनी एवं व्यापारीहरूको मुद्दामामिलाका कारण कछुवा गतिमा रहेको यो विस्तार कार्यले गति लिएपछि एकथरि वीरगञ्जबासीहरूमा उत्साह छाएको छ भने अर्कातर्फ समय अभाव भएको भन्दै केही व्यापारीहरू आक्रोशित बनेका छन् ।

हिजो शनिबार साँझ मात्रै माइकिङ गरी पसल र होटल खाली गर्न सूचना जारी गरिएको भए पनि हेटौँडाको जस्तै पर्याप्त समय नदिई एक्कासि डोजर चलाइएकोमा व्यवसायीहरूको गुनासो रहेतापनि, साँगुरो सडकका कारण गुम्सिएको वीरगञ्जको साख र व्यावसायिक रौनक फर्काउन वर्तमान सरकारले चालेको यो साहसिक कदमलाई नगरको उज्ज्वल भविष्यका रूपमा हेरिएको छ ।

प्रतिक्रिया
शेयर