भृकुटीमण्डपका २० स्टलमा परिषद्को ताला: करोडौं भाडा नतिर्ने रिपोर्टर्स क्लबदेखि पुस्तकालयसम्म कारबाहीमा

छानबिन न्यूज
पाठक संख्या 69
1 Min Read
Oplus_16908288

३० चैत,काठमाण्डाैं । काठमाडौंको भृकुटीमण्डपमा वर्षौंदेखि भाडा नतिरी सटल प्रयोग गर्दै आएका २० वटा संस्थाहरूमा आज समाजकल्याण परिषद्ले सुरक्षाकर्मीको सहयोगमा ताला लगाएको छ ।

परिषद्का अनुसार सबैभन्दा धेरै बक्यौता काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजको रहेको छ, जसले स्टल नं. ६८ र ३४ बापत क्रमशः १ करोड ७६ लाख ७० हजार २८१ र १ करोड १३ लाख ५३ हजार ९५ रुपैयाँ तिर्न बाँकी छ ।

यस्तै, राष्ट्रिय अपांग महासंघले १ करोड १६ लाख ३२ हजार २७ रुपैयाँ, बालबालिकाका लागि गैरसरकारी संस्था महासंघ नेपालले ८९ लाख ९० हजार ७४६ रुपैयाँ र ऋषि धमला सञ्चालक रहेको रिपोर्टर्स क्लब नेपालले ७३ लाख ४० हजार ९० रुपैयाँ भाडा बुझाएका छैनन् ।

नेकपा एमालेनिकट अनेरास्ववियु (अखिल) ले २०७७ सालदेखि भाडा नतिरेको पाइएको छ भने उपभोक्ता मञ्च नेपालको ४५ लाख ५७ हजार ९०७, नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको ३३ लाख ७ हजार ४२१, नेपाल राष्ट्रिय मानव अधिकार संरक्षण मञ्चको २१ लाख ८५ हजार ९५७ र नेपाल फोटो पत्रकार महासंघको २० लाख ६८ हजार रुपैयाँ बक्यौता रहेको छ ।

यसबाहेक लोकतान्त्रिक सहिद तथा घाइते समाज, सेन्थेसिस एक्जिबिसन, विभिन्न जुत्ता पसल र खाजा पसलहरूले पनि लाखौं रुपैयाँ भाडा नतिरेपछि परिषद्ले आज कडा कदम चाल्दै ती स्टलहरूमा शिलबन्दी गरेको हो ।

प्रतिक्रिया
शेयर