सर्लाहीमा स्रोत नखुलेको आठ लाखसहित दुई जना पक्राउ

छानबिन न्यूज
पाठक संख्या 112
1 Min Read
Oplus_16908288

२९ चैत,बारा । सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ मा नियमित गस्तीमा खटिएको प्रहरी टोलीले स्रोत नखुलेको आठ लाख नेपाली रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

भारतबाट मोटरसाइकलमा आउँदै गरेका चन्द्रनगर गाउँपालिका–४ निवासी २३ वर्षीय कृष्णकुमार पासवान र सोही पालिका–१ निवासी ४१ वर्षीय शिवनारायण महतोलाई शङ्का लागेर जाँच गर्दा लुकाइछिपाइ ल्याएको उक्त नगद फेला परेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि प्रहरीले थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।

प्रतिक्रिया
शेयर