२६ चैत,काठमाण्डाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) मा लुकाएर गरिएको सुन तस्करीमा संलग्न भएको अभियोगमा पूर्वसभामुख एवं नेकपा नेकपाका नेता कृष्णबहादुर महराविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्ने प्रक्रिया अघि बढाएको छ।
वि.सं. २०७९ मा चिनियाँ गिरोहले भेपको आवरणमा भित्र्याउन खोजेको सुन भन्सारले बरामद गरेपछि सुरु भएको अनुसन्धानका क्रममा महरा र उनका छोरा राहुलको चिनियाँ नागरिकसँगको प्रत्यक्ष सम्बन्ध र कारोबार खुलेपछि अख्तियारले यो निर्णय लिएको हो।
हाल अख्तियारका कर्मचारीहरू मुद्दाको फाइल लिएर विशेष अदालत पुगिसकेका र विवरणहरू रुजु गर्ने कार्य भइरहेको विशेष अदालत स्रोतले जनाएको छ। यद्यपि, महरामाथि लागेको आरोप र बिगोको विस्तृत विवरण भने अख्तियारले अझै सार्वजनिक गरिसकेको छैन।
प्रतिक्रिया
