२६ चैत काठमाण्डाैं । गौरी बहादुर कार्की आयोगको कारबाही सिफारिसका आधारमा जेनजी आन्दोलनको घटनामा ज्यान सम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक १३ औं दिनपछि हिरासत मुक्त भएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, सरकारी वकिल कार्यालयको निर्णयपश्चात् उनलाई परिवारको जिम्मा लगाएर हाजिरी जमानीमा रिहा गरिएको हो।
यसअघि सोही प्रकरणमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली समेत हिरासत मुक्त भइसकेका छन्।
प्रतिक्रिया
