महोत्तरीमा दुई मोटरसाइकल ठोक्किएर आगलागी हुँदा दुई जनाको मृत्यु, चार घाइते

छानबिन न्यूज
पाठक संख्या 80
1 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

२४ चैत,बारा ।  महोत्तरीको जलेश्वर-बर्दिबास सडक खण्ड अन्तर्गत बखरीदेखि बलवा जाने बाटोमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएर भीषण दुर्घटना हुँदा दुई जनाको जलेर मृत्यु भएको छ ।

अन्य चार जना घाइते भएका छन्। दुईवटा मोटरसाइकलमा ६ जना सवार रहेकोमा दुर्घटनालगत्तै भएको आगलागीमा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।

 घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर र एक जनाको अवस्था सामान्य रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

घाइते चारै जनालाई थप उपचारका लागि अस्पताल रेफर गरिएको छ भने मृतकहरूको पहिचान र घटनाको विस्तृत विवरण आउन अझै बाँकी रहेको छ।

हाल घटनास्थलमा सुरक्षाकर्मी र स्थानीयको बाक्लो उपस्थिति रहेको छ र प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया
शेयर