२४ चैत,काठमाण्डाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सम्पूर्ण सभ्यताको अन्त्य गर्ने कडा धम्की दिएपछि मध्यपूर्वमा तनाव उत्कर्षमा पुगेको छ ।
आफ्नो सामाजिक सञ्जालमार्फत ४७ वर्षको दमन, भ्रष्टाचार र मृत्युको शासन अब अन्त्य हुने घोषणा गर्दै ट्रम्पले मंगलबार राति नै एउटा पूरै सभ्यता मेटिन सक्ने र त्यो कहिल्यै फिर्ता नहुने चेतावनी दिएका छन् ।
अमेरिकाले इरानको रणनीतिक खार्ग टापुमा आक्रमण गरिसकेको पृष्ठभूमिमा आएको यो धम्कीले आज राति इरानमाथि ठूलो सैन्य कारबाही हुनसक्ने संकेत गरेको छ भने ट्रम्पले आफू यस्तो विनाश नचाहे पनि सायद यो भएरै छाड्ने आशय व्यक्त गर्दै इरानलाई रातारात ध्वस्त पार्न सकिने चेतावनी दिएका छन् ।
प्रतिक्रिया
