जेनजी आन्दोलन प्रकरण: अनुसन्धान नटुङ्गिए २६ गतेपछि ओली र लेखकलाई छोड्न आदेश

छानबिन न्यूज
पाठक संख्या 70
1 Min Read
Oplus_16908288

​२३ चैत,काठमाण्डाैं । भदौ २३ को जेनजी आन्दोलनमा १९ जनाको ज्यान जाने गरी भएको बल प्रयोग र सो कार्यलाई रोक्न प्रयास नगरेको आरोपमा गत १४ चैतदेखि हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकका सम्बन्धमा सर्वोच्च अदालतले महत्त्वपूर्ण आदेश जारी गरेको छ।

न्यायाधीशद्वय विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासले उनीहरूलाई तत्काल थुनामुक्त गर्न अस्वीकार गरे तापनि २६ चैत (बिहीबार) भित्र अनुसन्धान टुङ्ग्याउन प्रहरीलाई निर्देशन दिएको छ ।

 सो समयभित्र अनुसन्धान नटुङ्गिएमा उनीहरूलाई फौजदारी कार्यविधि संहिताको प्रक्रिया पूरा गरी हिरासतमुक्त गरेरै थप अनुसन्धान अघि बढाउन आदेश दिएको छ।

जिल्ला अदालत काठमाडौंको अनुमतिमा ज्यान मुद्दाको कसुरमा अनुसन्धानका लागि थुनामा राखिएका यी दुई उच्च नेताहरूको हकमा सर्वोच्चले स्पष्ट पारेको छ कि तोकिएको समयसीमाभित्र अनुसन्धानको कार्य सम्पन्न गरी नियमानुसार जे-जो गर्नुपर्ने हो, सोही बमोजिम अघि बढ्नुपर्नेछ।

प्रतिक्रिया
शेयर