ईर्साद अन्सारी
२२ चैत,काठमाण्डाैं । बालश्रम गराएको र बालबालिकासम्बन्धी कसुरमा पक्राउ परेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई हिरासत बाहिर राखेर थप अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौंले आदेश जारी गरेको छ।
एक बालिकालाई आफ्नो घरमा राखेर श्रम गराएको आरोप लागेकी शर्माका सम्बन्धमा यसअघि नै मुद्दा चलाउन नपर्ने रायसहित जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले तयार पारेको फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयसम्म पुगिसकेको थियो।
यसरी मुद्दा नचलाउने निर्णय प्रक्रिया अघि बढिसकेकाले उनलाई थुनामा राख्नु नपर्ने ठहर गर्दै जिल्ला अदालत काठमाडौंका न्यायाधीश जगतबहादुर पौडेलको इजलासले हिरासतमुक्त गरी अनुसन्धान प्रक्रिया अघि बढाउन यो आदेश दिएको हो।
प्रतिक्रिया
