२१ चैत,बारा । सर्लाहीको मलंगवा नगरपालिका–९ पिपलबोटस्थित नेपाल–भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले दुई जना थाई नागरिकलाई नियन्त्रणमा लिएको छ।
सीमा सुरक्षा गुल्म मलंगवाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक लीला बहादुर कार्कीको नेतृत्वमा खटिएको गस्ती टोलीले अवैध बाटो हुँदै भारततर्फ जाँदै गरेका ३६ वर्षीया मिस नाथाया विआंग्युन र ४० वर्षीया मिस जुतारात सोंगखानजुनलाई पक्राउ गरेको हो।
नियन्त्रणमा लिइएका दुवै थाईल्यान्डका नागरिकलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिएका छन्।
प्रतिक्रिया
