२० चैत,बारा । धनुषाको लालगढबाट सशस्त्र प्रहरी निरीक्षक ओकिल अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ४० हजार रुपैयाँ घुससहित आज बिहान पक्राउ गरेको छ।
कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधनहरूलाई अनावश्यक अवरोध सिर्जना गरी घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले उनलाई निगरानीमा राखेको थियो।
सोही क्रममा लालगढबाट रङ्गेहात नियन्त्रणमा लिइएका अधिकारीमाथि थप अनुसन्धान भइरहेको अख्तियार स्रोतले जनाएको छ।
प्रतिक्रिया
