जग्गा फुकुवा गरिदिने भन्दै घुस लिने मालपोतका कर्मचारी पक्राउ

छानबिन न्यूज
पाठक संख्या 94
1 Min Read
Oplus_16908288

१८ चैत, कपिलबस्तु ।  कपिलवस्तुको तौलिहवास्थित भूमिसुधार तथा मालपोत कार्यालयमा कार्यरत करार कर्मचारी दुर्गादीन कुर्मीलाई जग्गा फुकुवा गरिदिने बहानामा सेवाग्राहीसँग २ हजार रुपैयाँ गैरकानूनी रकम असुलेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

बुद्धभूमि नगरपालिका–२ का कमलप्रसाद भट्टराईले आफूसँग विनाकारण रकम मागिएको भन्दै जिल्ला प्रशासन कार्यालय र प्रहरीमा मौखिक उजुरी दिएपछि तत्काल एक्सनमा उत्रिएको प्रहरी टोलीले कुर्मीलाई मंगलबार नियन्त्रणमा लिएको हो।

प्रहरीले उनको साथबाट सेवाग्राहीसँग लिइएको उक्त रकमसमेत बरामद गरेको छ भने जिल्ला प्रहरी कार्यालयका डीएसपी रिपेन्द्रकुमार सिंहका अनुसार उनीमाथि ठगी, विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुरमा मुद्दा चलाइएको छ।

सरकारी कार्यालयहरूमा बिचौलिया र कर्मचारीको अनधिकृत असुलीमाथि सूक्ष्म निगरानी बढाइरहेको प्रहरीले सरकारी कामको सिलसिलामा कसैले रकम बार्गेनिङ गरेमा तत्काल खबर गर्न सर्वसाधारणलाई आग्रह समेत गरेको छ।

प्रतिक्रिया
शेयर